बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षकी सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।
मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए। उनी जेठ १६ गते गौरिफण्टा नाका हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसीरहेकी थिइन्। मृतकसँगै उनका श्रीमान र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै छन्।
मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भएपनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उनका श्रीमान हरिश लुहारले बताए।
यतिबेला लुहारको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको बैतडीका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम