Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

बैतडीमा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
बैतडी जिल्लाको पुर्चौडी नगरपालिका-४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षकी सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।

मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए। उनी जेठ १६ गते गौरिफण्टा नाका हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि क्वारेन्टाइनमा बसीरहेकी थिइन्। मृतकसँगै उनका श्रीमान र १८ महिने बच्चा पनि क्वारेन्टाइनमै छन्।

मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको भएपनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन नगरेको उनका श्रीमान हरिश लुहारले बताए।

यतिबेला लुहारको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको बैतडीका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार