Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पर्वत र स्याङ्जामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  गण्डकी प्रदेशमा मंगलबार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप स्याङ्जा र पर्वतका १० जनामा कोरोना संक्रमण भएको जनाएको हो । निर्देशनालयका अनुसार स्याङ्जा- चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोही जिल्ला बिरुवा गाउँपालिकाका २० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिकाका वर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुस्मा नगरपालिकास्थित क्वारेन्टाइनमा बस्दै आएका वर्ष १९, २० र २१ का ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार