लक्षण देखिएका र बिरामी संक्रमितलाई मात्र अस्पतालमा राखिने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अबदेखि लक्षण देखिएका कोरोनाका संक्रमितलाई मात्र अस्पतालको आइसोलेसनमा राखिने जनाएको छ ।
नेपालमा देखिने अधिकांश संक्रमितमा कुनै लक्षण नदेखिएको भन्दै उनीहरुलाई क्वारेन्टाइनलाई नै व्यवस्थित बनाएर त्यही राख्ने र जोखिम र सिकिस्त बिरामी भएका संक्रमितलाई मात्र अस्पतालमा राखिने बताइएको हो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अबदेखि कोरोना संक्रमित सबैलाई अस्पतालमा नराखिने बताएका हुन्। उनले भने, ‘कुनै लक्षण नै नदेखिएका संक्रमितलाई घरमै राख्नपर्ने हुनसक्छ वा क्वारेन्टाइनलाई अपग्रेड गरी आइसोलेसन बनाएर राख्न सकिन्छ । तर सबैलाई अस्पतालमा राख्न सम्भव छैन्।’ त्यसका लागि देशका विभिन्न स्थानमा भएका क्वारेन्टाइनलाई व्यवस्थित बनाइने बताए । उनले मन्त्रालयले अबदेखि संक्रमित मध्ये पनि बिरामी संक्रमित र संक्रमित मात्रै भनेर छुट्याएर त्यही अनुसार कहाँ राख्ने भनेर निर्णय गर्ने बताए ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सबैलाई अस्पतालमा राख्न सम्भव नभएको मन्त्रालयको ठहर छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित