Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोना जितेर घर फर्किएका छन्। परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकले १० दिनमै कोरोना जितेर घर फर्किएका हुन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई सोमबार दिउँसो डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझाले उनलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन्। उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न डा विष्टले सुझाव दिएका छन्।

सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत ती युवकले १० दिनमै कोरोना जितेका हुन्। उनीसँगै कोरोना जितेर घर फर्किनेको संख्या २२१ पुगेको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार