कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोना जितेर घर फर्किएका छन्। परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकले १० दिनमै कोरोना जितेर घर फर्किएका हुन्।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई सोमबार दिउँसो डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझाले उनलाई पुष्पगुच्छा दिएर बिदाइ गरेका हुन्। उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न डा विष्टले सुझाव दिएका छन्।
सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत ती युवकले १० दिनमै कोरोना जितेका हुन्। उनीसँगै कोरोना जितेर घर फर्किनेको संख्या २२१ पुगेको छ





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम