नेपालमा थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ सय ९८ पुग्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा आज थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी सोमबार २२६ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९ सय ९५ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या सोमबार सम्म १ हजार ५ सय ९८ रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २२२ पुगेको छ ।
यसैगरी नेपालमा हालसम्म ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा