Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुराका युवकले जिते कोरोना, आज डिस्चार्ज हुँदै

डडेल्धुराका युवकले जिते कोरोना, आज डिस्चार्ज हुँदै

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेर आज अस्पतालबाट डिस्चार्ज हुँदै छन्। परशुराम नगरपालिका- १० का २८ वर्षीय युवकले कोरोना जितेका हुन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो।

ती युवकको दुई पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन्।

योसँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ। यसअघि यहाँका पाँच जनाले कोरोना जितेर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार