Health TV Online
Health TV Online

बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु

बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।  बुढीगंगा- १ की ती बालिकाको आइतबार बिहान जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा मृत्यु भएको थियो ।

उनको मृत्यु पश्चात बाबुआमा सहित उनको परीक्षण गरिएको थियो । बालिकाकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुको परिवार एक साताअघि भारतबाट आएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार