बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। बुढीगंगा- १ की ती बालिकाको आइतबार बिहान जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा मृत्यु भएको थियो ।
उनको मृत्यु पश्चात बाबुआमा सहित उनको परीक्षण गरिएको थियो । बालिकाकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुको परिवार एक साताअघि भारतबाट आएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा