डोटीमा सुत्केरी महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: डोटीमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुजङ अस्पताल राजपुर डोटीमा शुक्रबार शल्यक्रिया मार्फत शिशु जन्माएकी केआईसिह गाउँपालिका–४ की ३५ वर्षीया सुत्केरी महिला नारु कार्कीको गएराती मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सुत्केरीको मृत्यु भएको पुष्टि गरेका छन्। अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि कार्कीको मृत्यु भएको मलासीले बताए । शिशुको अवस्था भने सामान्य रहेको छ ।
कार्कीको ज्वरो र श्वासप्रश्वासको समस्याले मृत्यु भएपछि कोरोना परीक्षण गरिने भएको छ । उनको कोरोना परीक्षण गर्ने तयारी भईरहेको जानकारी स्वास्थ्य कार्यालय प्रमुख मलासीले दिए । उनको आजै थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइने पनि मलासीले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा