Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धुम्रपानरहित दिवसमा डा. प्रज्वलको सल्लाह: धुम्रपान त्यागौँ, स्वस्थ जीवन रोजौँ

धुम्रपानरहित दिवसमा डा. प्रज्वलको सल्लाह: धुम्रपान त्यागौँ, स्वस्थ जीवन रोजौँ

डा. प्रज्वल श्रेष्ठ 

आज मे ३१ अर्थात विश्व धुम्रपानरहित दिवस । विश्वभरी यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाउने गरिन्छ । नेपालको कुरा गर्दा नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनको गर्नेको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा ८० लाख मानिसको अकालमा ज्यान जाने गरेको तथ्यांक छ ।

नेपालको कुरा गर्ने हो भने सन् २०१८ को तथ्यांक अनुसार  २३ दशमलब १ प्रतिशत मानिसले धुमपान गर्ने गरेको तथ्य छ । यो भनेको हरेक ५ जनामा १ जनाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ । तर पुरुषको हकमा यो तथ्यांक अझै बढी रहेको छ । पुरुषहरुमा ३७ दशमलब १ प्रतिशतले यसको सेवन गर्ने गरेको पाइन्छ । यो भनेको १० जनामा ४ जना पुरुषले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । महिलाको हकमा १० मध्ये १ जना महिलाले धुम्रपानको सेवन गरेको पाइन्छ । यो संख्या सार्क मुलुकमा बंगलादेशपछि नेपाल  छ ।

विश्वभरी मृत्युको पहिलो तीन कारण ह्रदयघात, दीर्घकालिन श्वासप्रश्वास सम्बन्धी रोग (सीओपीडी)  र मष्तिष्कघात पर्छन्। तर नियालेर हेर्ने हो भने यी तीन कुराको प्रमुख कारक भनेको धुम्रपान तथा सुर्तीजन्य पदार्थ नै हो । त्यसैले सुर्तीजन्य पदार्थको सेवनलाई घटाउन विभिन्न संस्थाले काम गरिरहेका छन्। हामी चिकित्सकहरुले पनि प्रत्येक बिरामीलाई यी कुरा सम्झाउने गछौं ।

यसपटक धुम्रपानरहित दिवस कोरोना महामारीका कारण केही फरक ढंगबाट मनाइँदैछ्। कोरोना महामारीका कारण देशभर लकडाउन छ । यो लकडाउनका कारण सबै परिवारसँग बसेका छन्। त्यसैले पनि यो समयमा सुर्तीजन्य पदार्थको सेवन केही कम भएको होला भन्ने हाम्रो आकलन हो । युवा पुस्ताको कुरा गर्दा उनीहरु प्राय परिवारबाट लुकेर यसको सेवन गर्ने गरेको पाइन्छ । परिवारमा बस्दा पूरै नछोडेको भए पनि यसको सेवन कम भएको छ की भन्ने अनुमान लगाउन सकिन्छ ।

यो दिवसमा मेरो एउटा आग्रह परिवारसँग बस्नुभएका हरेकले यसलाई सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ भने यसलाई छोड्ने एउटा सुनौलो अवसरका रुपमा लिन आग्रह गर्दछु । किनकी यसको सेवन कम गर्न सकिन्छ भने प्रयास गर्दा अवस्य छोड्न सकिन्छ । यो तपाइँ र तपाइँको परिवारलाई ठुलो उपलब्धि हुनसक्छ । यो बेला लकडाउनमा छौां घरपरिवारसँग समय बिताऔँं । व्ययायाम, शारीरिक अभ्यास गरौं । गित संगीतसुनौं । यसरी आफूलाई व्यस्त राखेर यसको तलतल मेटाउने प्रयास गर्न सक्छौं । सुर्तीजन्य पदार्थको सेवन छोड्नका लागि कहिल्यै ढिला हुँदैन । त्यसेले आज दिवसको दिनमा सबैलाई आग्रह छ यदि यसको सेवन गर्नुहुन्छ भने परिवारका लागि यसको सेवन छोड्नुस ।

अर्को कुरा कोरोना महामारीले विश्व नै आक्रान्त बनेको छ । विभिन्न अध्ययनले देखाइसकेका छन् की सुर्तीजन्य पदार्थ सेवन गर्नेमा संक्रमण देखियो भने यसको जटिलता उच्च हुन्छ भन्ने ।   सुर्तीजन्य पदार्थको सेवन गर्नेमा मृत्युदर पनि बढी रहेको छ ।  त्यसैले सुर्तीजन्य पदार्थले हाम्रो शरीरको कुनै पनि यस्तो अंग छैन जसले असर नपुर्याओस्। यस्तो खराब चिजको सेवन हामी सबैले त्याग गर्नैपर्छ । कोरोना मात्र हैन अन्य रोगलाई सजिलै जित्न सकिन्छ ।

छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ वीर अस्पतालमा कार्यरत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन