Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा २ हजार ५ सय ७५ जनाको कोरोना परीक्षण, १ लाख १० हजार क्वारेन्टाइनमा

२४ घण्टामा २ हजार ५ सय ७५ जनाको कोरोना परीक्षण, १ लाख १० हजार क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन\काठमाडौं :  कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७५ जनाको पीसीआर विधिमार्फत र १ हजार ५ सय ७७ जनाको आरडीटी विधिमार्फत नमूना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म कूल ६६ हजार ७ सय २९ जनाको पीसीआर विधिमार्फत र १ लाख ७ हजार ५६ जनाको आरडीटी माध्यमबाट कोरोना परीक्षण गरिएको छ ।

शनिबार सम्म कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ । संक्रमित मध्ये १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन्। यी मध्ये १ हजार १ सय ७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण हालसम्म ५३ जिल्लामा फैलिएको छ । देशभर हाल १ लाख १० हजार ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन