२४ घण्टामा २ हजार ५ सय ७५ जनाको कोरोना परीक्षण, १ लाख १० हजार क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७५ जनाको पीसीआर विधिमार्फत र १ हजार ५ सय ७७ जनाको आरडीटी विधिमार्फत नमूना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा हालसम्म कूल ६६ हजार ७ सय २९ जनाको पीसीआर विधिमार्फत र १ लाख ७ हजार ५६ जनाको आरडीटी माध्यमबाट कोरोना परीक्षण गरिएको छ ।
शनिबार सम्म कुल संक्रमितको संख्या १४ सय १ पुगेको छ । संक्रमित मध्ये १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन्। यी मध्ये १ हजार १ सय ७६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण हालसम्म ५३ जिल्लामा फैलिएको छ । देशभर हाल १ लाख १० हजार ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा