थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या चौध सय १ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या चौध सय १ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ७८ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या शनिबारसम्म १ हजार १ सय ७६ रहेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या २१९ पुगेको छ । यसैगरी नेपालमा हालसम्म ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण