Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरामा क्वारेन्टाइनमा बस्नेहरुको विजोग, न खानेपानी छ, न शौचालय !

डडेल्धुरामा क्वारेन्टाइनमा बस्नेहरुको विजोग, न खानेपानी छ, न शौचालय !

शेर भण्डारी\ डडेल्धुरा : डडेल्धुराका विभिन्न स्थानमा भारतबाट आएकाहरुका लागि क्वारेन्टाइन बनाइएको छ । तर अधिकांश क्वारेन्टाइन नाम मात्रका छन्। न गतिलो सुत्ने ठाउँ छ न त खानाको व्यवस्था नै । भारतमा लकडाउनका कारण काम गुमेपछि सुदूरपश्चिममा गाउँ फर्किनेको संख्या बढिरहेको छ ।

सरकारले भारतबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भनेको छ। अहिले ठुलो संख्यामा क्वारेन्टाइनमा रहेका छन्। तर त्यही क्वारेन्टाइनको उचित व्यवस्थापन हुन नसक्दा धेरै व्यक्ति भोकभोकै बस्न बाध्य छन्। क्वारेन्टाइनमा न सरसफाईको ख्याल गरिएको छ न उनीहको स्वास्थ्य जाँच नै हुन्छ । सरकारले क्वारेन्टाइनको मापदण्ड सार्वजनिक गरे पनि अहिलेसम्म यस्ता क्वारेन्टाइनकाबारेमा कसैले अवलोकन समेत गरेका छैनन्। कोरोना संक्रमण फैलिन नदिन उनीहरुलाई राखिएको भए पनि उनीहरुबाट नै संक्रमण सर्ला जस्तो भएको गाउँले बताउँछन्।

क्वारेन्टाइनमा शौचालयको व्यवस्था नहुँदा बाहिर खुला स्थानमा जान बाध्य छन् त्यहाँ बस्नेहरु । सेनिटाइजर, साबुनको त कुरै छोडौं, खानेपानी समेत छैन् यहाँ, एक जनाले भने । क्वारेन्टाइनमा संक्रमणको जोखिम झनै बढी देखिन्छ । क्वारेन्टाइनमा बस्ने कसैको पनि स्वास्थ्य परीक्षण नै गरिएको छैन। औषधिको समेत यवस्था छैन। न त स्वास्थ्यकर्मी नै छन्।

डडेल्धुराको अमरगढी ३–घटाल माबीमा कक्षाकोठामा पातलो म्याट र त्यसमाथि ओढ्ने–ओछ्याउने राखेर क्वारेन्टाइन बनाइएको छ । चिसो भुइँमै बिस्तारा लगाएर सुत्नु परिरहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन्। एउटा पातलो म्याट दिएको र त्यसैमा रात विताउन बाध्य भएको भारतबाट आएका गोविन्द ताम्राकारले बताए। घटाल माविमा अहीले २८ जना बसेका छौँ। एउटै सानो कोठामा ८ जनालाई राखेको छ। सबैले दुरी कायम नगरे नै सुत्नु पर्छ।’ उनले भने, ‘यसले हामी झन असुरक्षित महसुस गरिरहेका छौँ। सँगै सुतेको साथीलाई कोरोनाको संक्रमण भएछ भने, अर्कोलाई सर्ने सम्भावना छ।’

क्वारेन्टाइनमा राखिएको त छ तर खाना एक छाक मात्रै दिइन्छ । कुनै बेला त पकाउने मान्छे भएन भनेर भन्छन्। भोकै सुत्न बाध्य भएको बताउँछन् क्वारेन्टाइनमा बस्नेहरु । घर नजिक भएकाहरुको भने घरबाट खाना ल्याइदिनछन्। अरु यत्तिकै सुत्छौं । यसले त झन संक्रमण सर्ने सम्भावना भएन र? उनीहरुको प्रश्न छ ।

भारतमा झण्डै एक डेढ महिना जति अलपत्र परेर बल्ल घर आउँदा समेत झनै देख पाएको उनीहरुको गुनासो छ । आलिताल गाउँपालिका–२ मा रहेको क्वारेन्टाइनमा बसेकाहरुले आफूहरुलाई कुहिएको चामलको भात दिने गरेको बताएका छन्। त्यस्तै राति पनि एउटा बेन्च लगाएर सुत्नु परिरहेको बताएका छन्।

डडेल्धुराका स्थानीय तहहरुले सिमामा अलपत्र रहेको आफ्ना नागरिकहरुलाई उद्धार गरी स्थानीय तहहरुले स्थापना गरेका क्वारेन्टाइनमा राख्दै आएका छन्। जिल्ला प्रशासन कार्यालय डडेुल्धुराका अनुसार शुक्रबारसम्ममा जिल्लामा अहिलेसम्म ३ हजार १ सय ३१ जना क्वारेन्टाइनमा बसेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि