आरडीटी टेस्टमा पोजेटिभ देखिएपछि सेती अस्पतालमा दुई जना भर्ना, पीसीआर परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालमा दुई जना भर्ना भएका छन्।
जेठ १३ गते भारतको दिल्लीबाट फर्किएका धनगढी उप–महानगरपालिका वडा नम्वर २ सन्तोषीटोलका ५६ बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर ४ का २१ बर्षीय युवकमा आरडीटी पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी पठाईएको छ। अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा ६ जना संक्रमित र तीन जना शंकास्पद बिरामीलाई राखिएको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त