एकैदिन १७० जनामा कोरोना संक्रमण, एक लाख क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा एकैदिन थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्ला गरी आज थप १७० जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्। १७० मध्ये १६५ जना पुरुष र ५जना महिला रहेका छन्।
योसँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । यसैगरी कोरोनाको उपचारपछि निको भएर घर जानेको संख्या २०६ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार कोरोनाको आशंकामा आज क्वारेन्टाइनमा रहनेहरुको संख्या ९९ हजार ३३६ रहेको छ । पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या ह्वात्तै बढेको हो । कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका संक्रमितको संख्या १ हजार रहेको मन्त्रालयले जनाएको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त