दाङमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए
हेल्थ टिभी अनलाइन\काठमाडौं : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना विशेष अस्पतालमा जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पतालले जनाएको छ ।
घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक जना रहेका छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुमपूर्व रुपन्देही, कपिलवस्तु , बाँके ,दाङ र बर्दियाका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा