Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धुलिखेल अस्पतालद्वारा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलबमा ७५ प्रतिशत कटौती

धुलिखेल अस्पतालद्वारा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलबमा ७५ प्रतिशत कटौती

हेल्थ टिभी अनलाइन \काठमाडौं: देशभर कोरोना महामारीको विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यर्मीलाई हतोत्साही गर्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस अन्तर्गत धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवासुविधामा ७५ प्रतिशत सम्म कटौती गरिएको छ।

अस्पताल प्रशासनले  चैत महिनादेखि नै विभिन्न बहाना बनाउँदै केही रकम काटेर पठाएकोमा वैशाख महिनाको तलबमा ७५ प्रतिशतले काटेर पठाइएको चिकित्सकहरुको भनाई छ । चैतको सुविधामा २५ प्रतिशत र वैशाखको सुविधामा ७५ प्रतिशतसम्म कटौती गरेको उनीहरुको भनाई छ ।  सेवासुविधामा कटौति भएपछि मेडिकल तर्फको फ्याकल्टी काउन्सिलले विरोध जनाउँदै विज्ञप्ति समेत निकालेको छ ।

काडमाडौं विश्वविद्यालय स्कूल अफ मेडिसिन साइन्सेस फ्याकल्टी काउन्सिलका अध्यक्ष डा मनोज हुमागाइँले वषौंदेखि काम गरिरेका चिकित्सकहरुको तलब सेवा सुविधा दुई महिना लकडाउनका कारणले दिनै नसक्ने कसरी हुन्छ भन्दै तलबमा कट्टा गर्न नपाइने बताए । उनले अन्य फ्याकल्टीमा सुवा सुविधा नकाटिने मेडिसिनमा मात्रै कसरी घाटा भयो भन्दै प्रश्न गरेका छन्। कोरोना क्लिनिकमा र इमरजेन्सीमा काम गर्ने स्वास्थ्यकर्मीको पनि तलब काटिएको छ । यो कस्तो तरिका हो उनले भने ।

लकडाउन शुरु भएपछि अस्पतालले नै फोन गरेर चिकित्सकहरुको ड्युटी आलोपालो गरेको थियो । अहिले आएर अस्पताल गएको मात्र पैसा दिने भन्दै तलब काटिएको चिकित्सकहरुको भनाई छ ।
यसभन्दा अघि चैत महिनामा अस्पताल प्रशासनले आफूखुशी सम्पूर्ण स्टाफहरुबाट कोरोना कोषमा पैसा जम्मा गर्ने भन्दै तलबमा २५ प्रतिशत कटौती गरेर पठाएको थियो । यसपटक त ७५ प्रतिशत काटिएको छ त्यहाँ कार्यरत एक चिकित्सकले भने । आफू खुशी भनिएको भए पनि धेरै जना त्यसमा राजी नभएको काउिन्सलको ठहर छ ।

फ्याकल्टी काउन्सिलका अध्यक्ष हुमागाईंले महामारीका बेला यसरी काम गरिरहेका स्वास्थ्यकर्मीको तलब कटौती हुनु अन्यायपूर्ण भएको भन्दै कटौती गरेको रकम फिर्ता गर्नुपर्ने बताए । काउन्सिलले मेडिकल कलेज समेत सञ्चालन गरेको संस्थामा दुई महिनामा नै कसरी यति घाटा भएर कर्मचारीलाई तलब नै दिन नसक्ने भयो  भन्दै लकडाउनलाई बहाना बनाएको आरोप लगाएको छ । उता अस्पताल प्रशासनले भने लकडाउन कारण अस्पतालको सेवा प्रभावित भएका कारण यस्तो गर्न परेको जनाएको छ ।

विज्ञप्ति : 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि