दैलेखमा थप ८ जनामा देखियो कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन दोब्बर रुपमा बढिरहेको छ । यहीवीच कर्णाली प्रदेशमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै आज दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका वडा नं १, ३, ४ र ५ का एक वर्षदेखि ४० वर्षसम्मका ८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा