स्वास्थ्य सचिव कोइरालाको सरुवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना महामारीकै बेला स्वास्थ्य सचिव फेरिएका छन्।
मन्त्रीपरिषदको बैठकले नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाएको छ भने यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेको ३ महिना पनि नपुग्दै कोइरालाको सरुवा भएको हो । उनी मन्त्रालयमा आएदेखि नै विभिन्न विवादमा तानिएका थिए । रुखो स्वभावका कारण पनि उनलाई मन्त्रालयका कर्मचारीले आलोचना गर्दै आइरहेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा