सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन्।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। प्रदेश सभाको छैटौँ अधिवेशनको तेस्रो बैठकमा कोरोना भाइरसको नियन्त्रणका लागि प्रदेश सरकारले गरेको गतिविधिको बारेमा जानकारी गराउँदै मन्त्री सुवेदीले बुधबार थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
नयाँ थपिएका संक्रमितमध्ये दुई जनाको टीकापुर र एक जनाको दार्चुला अस्पतालमा उपचार भइरहेको मन्त्री सुवेदीले जानकारी दिए। बुधबार तीनजना थपिएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २० पुगेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा