Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

किस्ट अस्पतालमा मृत्यु भएका संक्रमित लिभर सिरोसिस भएका बिरामी

किस्ट अस्पतालमा  मृत्यु भएका संक्रमित लिभर सिरोसिस भएका बिरामी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुर बुङमतीका ५७ वर्षीय एक जना व्यक्तिको बुधबार साँझ किस्ट अस्पतालमा मृत्यु भएको छ । लिभर सिरोसिसका बिरामी उनलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा कोरोना देखिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उनी लिभर सिरोसिस भइसकेका बिरामी भएको र बेहास भएपछि पाटन हुँदै किस्ट अस्पताल लगिएको बताए । ज्वरो समेत आएकाले उनको जाँच गर्दा कोरोना देखिएको डा पाण्डेको भनाई छ ।

उनले भने, ‘उहाँको कलेजोको पुरानै रोग रहेछ त्यसमा कोरोना संक्रमण पनि थपियो । सक्रमण कसरी र कोबाट भयो भन्ने विषयमा हामी खोजी गर्दैछौं ।’ उनको शवलाई कसरी व्यवस्थापन गर्ने र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यका लागि किस्ट अस्पतालमा अहिले मिटिङ भइरहेको उनले जानकारी दिए । यस विषयमा स्वास्थ्य मन्त्रालयले केहीबेरमा विज्ञप्ति निकाल्ने तयारी गरेको पनि उनले जानकारी दिए । उनीसँगै नेपालमा कोरोना संक्रमणका कारण ५ जनाले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन