कोरोना अपडेट : देशभर कुन प्रदेशमा कति संक्रमित ?
कल्पना आचार्य\काठमाडौं: कोरोना परीक्षणको दायरा बढेसँगै देशभर कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। बुधबार मात्रै विभिन्न जिल्लाका गरी ११४ जना नयाँ संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या ८८६ पुगेको हो । सरकारले बुधबारसम्म पीसीआर विधिमार्फत ५८ हजार भन्दा बढीको कोरोना परीक्षण गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ का ७ जिल्लामा १०३ जना, प्रदेश २ का ८ जिल्लामा ३२४ जना, बाग्मती प्रदेशका ११ जिल्लामा ३९ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, प्रदेश ५ का ९ जिल्लामा ३६५ जना, कर्णाली प्रदेशका ३ जिल्लामा २५ जना र सुदूरपश्चिमका ५ जिल्लाका १७ जना गरी कुल ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ५८ हजार २ सय ७७ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको बताएका हुन्। उनका अनुसार आरडीटी विधिमार्फत १ लाख २ सय ८७ जनाको कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर विधि मार्फत ३ हजार ५८० जनाको र आरडीटी विधि मार्फत २ हजार ३२० जनाको कोरोना परीक्षण गरिएको जनाइएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ का ७ जिल्लामा १०३ जना, प्रदेश २ का ८ जिल्लामा ३२४ जना, बाग्मती प्रदेशका ११ जिल्लामा ३९ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १३ जना, प्रदेश ५ का ९ जिल्लामा ३६५ जना, कर्णाली प्रदेशका ३ जिल्लामा २५ जना र सुदूरपश्चिमका ५ जिल्लाका १७ जना गरी कुल ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यसैगरी हालसम्म कोरोना देशका ४७ जिल्लामा फैलिएको छ ।
यसैगरी मन्त्रालयका अनुसार हालसम्म कोरोनाको आशंकामा देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहनेको संख्या ७० हजार ३०५ रहेको छ । ६९९ जना संक्रमित भने सरकारले बनाएका अस्पताल तथा अन्य आइसोेलेसनमा उपचारमा रहेका छन् भने १८३ जनाले कोरोना जितेर उपचारपछि घर फर्केको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणको कारण ४ जनाले ज्यान गुमाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम