सेती अस्पतालको आईसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: बुधबार बिहान सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । भारतबाट आएका उनको आज बिहान ६ बजे आईसोलेसनमा मृत्यु भएको थियो।
उनी हिजोमात्रै भारतबाट फर्किएपछि बिरामी भएर आईसोलेसनमा भर्ना भएका थिए। भारतबाट फर्किदा गौरीफन्टा नाकामा बेहोस भएका उनलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो । उनको मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा