सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण हुँदै
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : भारतबाट फर्केर सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका पुरुषको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ।
आज बिहान आईसोलेसनमा मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ। यस्तै कञ्चनपुरमा क्वारेन्टाईन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्षको पनि मृत्युपछि कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। गएराती एक्कासी बेहोस भई ज्यान गुमाएका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको पनि थ्रोट स्वाबको नमूना संकलन गरिएको हो।
उनीहरु दुवैजनाको धनगढी प्रयोगशालामा कोरोना परीक्षण हुँदैछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा