Health TV Online
Health TV Online

सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण हुँदै

सेती अस्पतालको आइसोलेसनमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण हुँदै

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : भारतबाट फर्केर सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका पुरुषको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ।

आज बिहान आईसोलेसनमा मृत्यु भएका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ। यस्तै कञ्चनपुरमा क्वारेन्टाईन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्षको पनि मृत्युपछि कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ। गएराती एक्कासी बेहोस भई ज्यान गुमाएका कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लु रानाको पनि थ्रोट स्वाबको नमूना संकलन गरिएको हो।

उनीहरु दुवैजनाको धनगढी प्रयोगशालामा कोरोना परीक्षण हुँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन