बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण देखिएकाे छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाका कोरोना भाइरस पुष्टि भएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले भने आधिकारिक विज्ञप्ति निकालेको छैन्।
बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले भने ६ जनामा कोरोना संक्रमण देखिएकाे पुष्टि गरेका छन् । उनीहरु बडिगाड र तमानखोलाका बासिन्दा रहेको र सबै जना भारतबाट आएको उनले बताएका छन् ।
संक्रमितहरूलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा लगिंदै छ । भारतबाट आएका उनीहरु आउनेबित्तिकै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका थिए।
यसअघि पनि बाग्लुङमै २ जनामा कोरोना संक्रमण भएको थियो । यतिबेला दुवै जना निको भएर घर फर्किसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा