Health TV Online
Health TV Online

कोरोना उपचारमा डाइटिसियनलाई समावेश गराउन संघको आग्रह

कोरोना उपचारमा डाइटिसियनलाई समावेश गराउन संघको आग्रह

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना उपचारमा पौष्टिक आहारको महत्वपूर्ण भूमिका हुने भन्दै यसको उपचारमा पोषणविद तथा आहारविदहरुलाई समावेश गराउन ‘नेपाल डाइटिसियन संघ’ ले सरकारसँग आग्रह गरेको छ ।

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना उपचारमा हालसम्म कुनै औषधि तथा खोप नबनेकाले यसको उपचार भनेकै पौष्टिक आहार भएकाले पनि पोषणविदहरुलाई यसमा समावेश गराउनुपर्ने माग राखेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको उपचारमा हालसम्म कुनै औषधि खोप बनेको छैन्। यसको उपचार भनेकै पौष्टिक खानेकुराबाट रोग प्रतिरोधात्मक क्षमता बढाउँदै जाने हो । तर बिडम्बनाको कुरा कोरोना उपचारमा पोषणविद तथा आहारविदको भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले हालसम्म केन्द्रदेखि प्रदेससम्म कहीं पनि डाइटिसियनलाई समावेश नगराउनु दुखद हो,’ उल्लेख छ।

यसैगरी डाइटिसियनले कोरोना उपचारमा सन्तुलित तथा उपचारात्मक आहार सम्बन्धी सल्लाह एवं सेवा दिएर महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यसतर्फ सरकारको ध्यान जरुरी रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘एकातिर ३ सय बढी पोषणविद तथा आहारविदहरु बेरोजगार छन् अर्को तर्फ सेवाग्राही सन्तुलित तथा उपचारात्मक आहारको बारेमा जानकारी नपाएका कारण विभिन्न समस्या झेल्न बाध्य छन्।’ त्यसैले सरकारले प्रत्येक सरकारी अस्पतालमा आहारविद तथा पोषणविद अधिकृतको लागि स्थायी दरवन्दी व्यवस्था गर्न संघले माग गरेको छ ।

वि सं २०५५ सालको स्वास्थ्य नियमावलीमै प्रत्येक अस्पतालमा कम्तीमा एक जना पोषणविद हुनुपर्ने उल्लेख भए पनि सो कार्यान्वयन नभएको भन्दै सो लाई कार्यान्वयन गर्न पनि संघले माग गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार