स्वास्थ्य मन्त्रीद्वारा सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल
हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामका विषयमा छलफल गरेका छन्। मन्त्री ढकालले मन्त्रालयबाटै सातै प्रदेशका मन्त्रीहरुसँग सँग वेभिनार (भिडियो कन्फ्रेन्स ) मार्फत छलफल गरेका हुन्।
छलफलमा मन्त्री ढकालसँगै मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रीका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र सहसचिव एवं मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टम कमान्डर डा गुणराज लोहनी सहभागी थिए।
संक्रमितको संख्या बढ्दै गएपछि अब कोरोना रोकथाम र नियन्त्रणको काम अझ प्रभावकारी कसरी बनाउने भन्ने विषयमा स्वास्थ्यमन्त्री ढकालले प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग छलफल गरेका हुन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम