स्वास्थ्यकर्मीको ड्युटी आलोपालो मिलाउन मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा स्वास्थ्यर्मीको ड्यूटी आलोपालो मिलाउन निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको महामारीका बेला स्वास्थ्य सेवालाई चुस्तदुरुस्त बनाउन देशभरका अस्पताललाई स्वास्थ्यकर्मीलाई एकैपटक ड्युटीमा नराखी आलोपालो मिलाउन निर्देशन दिएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ , ‘कोभिड १९ रोकथाम तथा व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित भई सेवा प्रवाहमा कठिनाई हुन सक्ने हुँदा सबै अस्पतालले उपलब्ध जनशक्तिलाई सुरक्षित र व्यवस्थित गर्न दुई समूह बनाई आलोपालो ड्युटी लगाई (एउटा टोली एक हप्ता एउटा टोली अर्को हप्ता) गरी सेवा निरन्तरताको सुनिश्चता गर्न अनुरोध छ।’






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम