सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै थप १२ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगरका ८ जना , भेरीगंगाका २ जना र सिस्ताका २ गरी थप १२ जनामा कोरोना संक्रमण देखिएको हो । यी मध्ये एक महिला र ११ जना पुरुष रहेका छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगको छ भने नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ । यसैगरी हालसम्म कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा