त्रिवि शिक्षण अस्पतालबाट पनि कोरोना परीक्षण शुरु
हेल्थ टिभी अनलाइन\काठमाडौं: महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न शुरु गरिएको छ ।
सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले पीसीआर परीक्षणको उदघाटन गरेका हुन्। अस्पतालमा नयाँ बनाइएको पीसीआर ल्याबमा दैनिक रुपमा एकपटकमा ९६ जनासम्मको कोरोना परीक्षण गर्न सकिने अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए।
उनले आवश्यक परेमा दुई सिफ्टसम्म काम गर्न सकिने बताए । योसँगै नेपालमा अबदेखि २० स्थानबाट पीसीआर परीक्षण हुने भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा