कुल जनसंख्याको २ प्रतिशतमा कोरोना परीक्षण गरिन्छ: प्रधानमन्त्री
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको नमुना परीक्षण गरिने बताएका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा मात्र प्रयोगशालाबाट शुरु गरिएको परीक्षण अहिले २० भन्दा बढी स्थानबाट परीक्षण हुँदै आएको भन्दै कोरोना नियन्त्रणका लागि कम्तीमा पनि कुल जनसंख्याको दुई प्रतिशत जनसंख्याको परीक्षण गरिने बताएका हुन्।
नेपालको जनसंख्या ३ करोडको हाराहारीमा रहेको छ । यसलाई आधार मान्ने हो भने पनि ६ लाखको कोरोना परीक्षण गर्नुपर्नेछ । नेपालमा हालसम्म ५१ हजार ६४२ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण भएको छ ।
यसका साथै उनले योसँगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार कटिबद्ध भएर लागेको भन्दै हालका क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित गर्दै लाने बताए । उनले भारतको सिमा नाकाबाट आउने सबैको परीक्षण गरेर मात्रै ल्याइने भन्दै सर्वसाधारणलाई पनि यसप्रति सचेत हुन आग्रह गरे ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम