Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

नेपालमा कोरोना संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणको कारण चौंथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पुष्टि गरेको छ ।

सोमबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले वीरगंजस्थित नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ भएको बताउँदै नेपालमा चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि गरे। उनले भने, ‘बाराका ७० वर्षीय वृद्धको शंका लागेर दुईपटकसम्म परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।’

योसँगै नेपालमा कोरोना संक्रमणको कारण ४ जनाले ज्यान गुमाएका छन्। यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवक, गुल्मी मदानेका ४१ वर्षीय पुरुषले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्। आज कोरोना पुष्टि भएका वृद्धको परिवारले अन्त्येष्टि गरिसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार