नेपालमा कोरोना संक्रमणबाट चौंथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणको कारण चौंथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पुष्टि गरेको छ ।
सोमबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले वीरगंजस्थित नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ भएको बताउँदै नेपालमा चौंथो व्यक्तिको मृत्यु भएको पुष्टि गरे। उनले भने, ‘बाराका ७० वर्षीय वृद्धको शंका लागेर दुईपटकसम्म परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।’
योसँगै नेपालमा कोरोना संक्रमणको कारण ४ जनाले ज्यान गुमाएका छन्। यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवक, गुल्मी मदानेका ४१ वर्षीय पुरुषले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्। आज कोरोना पुष्टि भएका वृद्धको परिवारले अन्त्येष्टि गरिसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा