Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वस्ति श्री गुरुकुलद्धारा डाक्टरलाई ज्याकेट हस्तान्तरण

स्वस्ति श्री गुरुकुलद्धारा डाक्टरलाई ज्याकेट हस्तान्तरण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: काठमाडौंस्थित सानोभर्याङ्गमा रहेको स्वस्ति श्री गुरुकुल स्कूलले डाक्टरका लागि पहिचानसहितको ज्याकेट हस्तान्तरण गरेको छ ।

नेपाल चिकित्सक संघमार्फत डाक्टरका लागि पहिचानसहितको सय थान ज्याकेट निःशुल्क हस्तान्तरण गरिएको हो । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने डाक्टरलाई आवतजावत र पहिचानमा सहज होस् भन्ने उद्देस्यका साथ ज्याकेट उपलब्ध गराइएको हो ।

सोमबार आयोजित एक कार्यक्रममा स्वस्ति श्री गुरुकुल स्कूलका समाजसेवी डा लुःज मानन्धरले संघका महासचिव डाक्टर बद्री रिजाललाई ज्याकेट हस्तान्तरण गरेका हुन्। ज्याकेट बुझ्दै महासचिव डा रिजालले अहिलेको विषम परिस्थितीमा ज्याकेटले डाक्टरहरुलाई अस्पताल आउजाउ गर्न र सबैले पहिचानमा सहज हुने बताए ।

कार्यक्रममा डा प्रदिप कोइराला, डा विकास केसी, अस्पताल व्यवस्थापक उमेश खत्री लगायत संघका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि