Health TV Online
Health TV Online

काठमाडौंका ३ सहित थप ७२ जनामा कोरोना संक्रमण

काठमाडौंका ३ सहित थप ७२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा गरी थप ७२ जना संक्रमित थपिएको जनाएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा टोखा नगरपालिकाका २ जना र बुढानिलकण्ठ नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी रौतहट, सप्तरी, बर्दिया, बारा दैलेख धनुषामा पनि संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ६७५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार