थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्ला गरी आइतबार थप १९ जनामा संक्रमण देखिएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।
यसरी आज कोरोना पुष्टि हुनेहरुमा काठमाडौंका १ जना, मोरङका १ जना, बारा कलैयाका १ जना, रौतहटका १ जना सर्लाहीका ४ जना, पर्साका ३ जना, नुवाकोटमा १ जना, रुपन्देहीका ३ जना, कपिलवस्तुका ३ जना, गुल्मीका १ जना गरी १९ जना रहेका छन्। संक्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेको बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा