बाँकेको नरैनापुरमा सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको नरैनापुरमा एक जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेका संक्रमित मभ्ये एक जना नरैनापुरमा खटिएका सुरक्षाकर्मी रहेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले नरैनापुरको कालाफाँटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जानकारी दिए । चौकीका प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि शनिबार नै प्रहरी चौकी सिल गरी डिस्इन्फेक्ट गर्ने कार्य गरिएको छ । बाँकेमा सुरक्षाकर्मीलाई कोरोना भएको यो पहिलो हो भने एक जना स्वास्थ्यकर्मीलाई भने यसअघि नै कोरोना पोजेटिभ देखिएका थियो ।
यतिबेला बाँकेको नरैनापुर कोरोना को हटस्पट नै बनेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा