Health TV Online
Health TV Online

कोरोना जितेर डिस्चार्ज भए बुटवल र वीरगञ्जका १९ संक्रमित

कोरोना जितेर डिस्चार्ज भए बुटवल र वीरगञ्जका १९ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं: बुटवलको कोरोना विशेष अस्पतालबाट आज एकैपटक १० जना संक्रमित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

दुई साता अघि  कोरोना विशेष अस्पतालमा भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालले जनाएको छ । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन्।

यसैगरी उता वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारमा रहेका ९ जना कोरोना संक्रमित पनि उपचारपछि निको भएर घर फर्केका छन्। उनीहरुको दुईपटक सम्मको रिपोर्टमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।

शुक्रबार मात्रै बाँकेका २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार