कोरोना नियन्त्रणमा असहयोग गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश सरकारले दियो कारवाही गर्ने चेतावनी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : युनिभर्सल मेडिकल कलेजमा कार्यरत जनशक्तिलाई कोरोना अस्थायी अस्पतालमा पठाइदिन आग्रह गर्दा पनि नपठाएको भन्दै प्रदेश सरकारले कारवाहीको चेतावनी दिएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य निर्देशनालय बुटवलले उक्त मेडिकल कलेजबाट जनशक्ति पठाइ सहयोग गर्न पत्र पठाएको थियो । तर सहमति अनुसार चिकित्सक र नर्स नपठाईएको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश ५ सरकारले कारवाही गर्ने चेतावनी दिएको हो ।
भैरहवामा बनाईएको कोरोना विशेष अस्थायी अस्पतालमा युनिभर्सल मेडिकल कलेजले दुई जना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएकोमा अहिले सम्म नपठाएकोले कलेजलाई सहमति अनुसार नगए यो विषम परिस्थितीमा असहयोग गरेको भन्दै कारवाही गरिने पत्रमा उल्लेख छ ।








बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती