भारतबाट आएका थिए बैतडीका संक्रमित
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेका बैतडीका चारै जना संक्रमित भारतबाट आएको खुलेको छ ।
उनीहरु जेठ ८ गते गौरिफन्टा नाकाबाट उद्धार गरिएका व्यक्तिहरु हुन्। उनीहरुमा यसअघि नै आरडीटी पोजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
बैतडीका संक्रमित देखिएका उनीहरु शिवनाथ गाउँपालिकाका हुन । उनीहरुमध्ये दुई जनाको उमेर २० वर्ष , एक जना २२ वर्ष र अर्का एकजना २७ वर्षका रहेका छन्। उनीहरुसँगै सोही दिन धेरै व्यक्तिहरु नेपाल भित्रिएका थिए । उनीहरु पनि जोखिमा रहेको बताइएको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती