Health TV Online
Health TV Online

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैतडीका ४ जना, बाँकेका २७ जना, बर्दियाका १ जना, झापाका १ जना, सुर्खेतका ३ जना गरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बिहान मात्रै मन्त्रालयले विभिन्न जिल्लाका ३२ जनामा कोरोना संक्रमणको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका अनुसार आजै ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार