Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ग्रान्डीका संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगियो

संक्रमित कर्मचारीले काम गर्ने विभाग सिल गरियो

ग्रान्डीका संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण पुष्टि भएका ग्रान्डी अस्पतालका कर्मचारीलाई पाटन अस्पतालको आइसोलसनमा लगिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आज कोरोना पुष्टि भएका ग्रान्डीका एक जना कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको बताए । उनले भने, ‘उहाँलाई उपचारका लागि भर्खर पाटन लगिएको छ । साथै उहासँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम समेत अघि बढिसकेको छ ।’ उता अस्पतालमा उनी कार्यरत विभागलाई सिल गरिएको पनि डा पाण्डेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना भएको उल्लेख गरेको थियो । स्रोतका अनुसार उनी ग्रान्डी अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन