काठमाडौंसहित थप ३२ जनामा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा शनिबार बिहानै थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना, बाराका १ जना, काठमाडौंका १ जना रुपन्देहीका ८ जना र चितवनका १ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । यसैगरी उपचारपछि निको भएर घर फर्किनेको संख्या ७० रहेको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती