Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कैलालीका तीनै जना कोरोना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए

कैलालीका तीनै जना कोरोना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : आज कोरोना संक्रमण पुष्टि भएका कैलालीका तीनै जना संक्रमित भारतबाट लुकेर आएको खुलेको छ ।

उनीहरु सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी  लकडाउनकै बेला नेपाल आएको पाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कैलालीको जानकी गाउँपालिका ४ र ७ का तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि भएका कैलालीका जानकी गाउँपालिका ४ का एक जना संक्रमित जेठ १ गते कैलालीको कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए । उनी भारतको महाराष्ट्रबाट आएको बताइएको छ । यसैगरी थप दुई जना संक्रमित पनि  वैशाख ३० गते लुकीछिपी बाँकेको नाकाबाट नेपाल छिरेको पाइएको हो ।

जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखी कोरोना परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै