कैलालीका तीनै जना कोरोना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : आज कोरोना संक्रमण पुष्टि भएका कैलालीका तीनै जना संक्रमित भारतबाट लुकेर आएको खुलेको छ ।
उनीहरु सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी लकडाउनकै बेला नेपाल आएको पाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कैलालीको जानकी गाउँपालिका ४ र ७ का तीन जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि भएका कैलालीका जानकी गाउँपालिका ४ का एक जना संक्रमित जेठ १ गते कैलालीको कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए । उनी भारतको महाराष्ट्रबाट आएको बताइएको छ । यसैगरी थप दुई जना संक्रमित पनि वैशाख ३० गते लुकीछिपी बाँकेको नाकाबाट नेपाल छिरेको पाइएको हो ।
जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखी कोरोना परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको थियो ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती