Health TV Online
Health TV Online

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा फेरी थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका गरी थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३, डडेल्धुराका १ जना, बैतडीका १ ,बाँकेका १४ र मोरङका १ गरी २० जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यसैगरी हालसम्म उपचारपछि कोरोना जितेर घर फर्कनेको संख्या ७० पुगेको छ । आज बिहानै ३० जनामा कोरोना पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार