थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा फेरी थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका गरी थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३, डडेल्धुराका १ जना, बैतडीका १ ,बाँकेका १४ र मोरङका १ गरी २० जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
यसैगरी हालसम्म उपचारपछि कोरोना जितेर घर फर्कनेको संख्या ७० पुगेको छ । आज बिहानै ३० जनामा कोरोना पुष्टि भएको थियो ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती