बाँकेका २१ जना संक्रमित कोरोना जितेर घर फर्किए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेका पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित २१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना संक्रमण भएपछि उनीहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखिएको थियो । उनीहरुको दुईवटा पीसीआर रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । हालसम्म बाँकेमा मात्रै १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ७० पुगेको छ । कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरुलाई एक साता अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनिएको अस्पतालले जनाएको छ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती