Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गौरीफन्टा नाकाबाट २ हजार भन्दा बढी नागरिकको उद्दार

गौरीफन्टा नाकाबाट २ हजार भन्दा बढी नागरिकको उद्दार

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : भारतमाअलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार पनि उद्दार जारी राखिएको छ। गौरीफन्टाबाट बिहीबार २ हजार भन्दा बढी नागरिक भित्रिएका छन्।

कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो।

गौरीफन्टा नाकाबाट सात बजेसम्म दुई हजारलाई भित्र्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। अझै उद्दारको क्रम भने जारी रहेको उनले बताए।

नीहरुको सिमा नाकामा नै आरडीटी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।  यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा बिहिबार भने सीमानाकामै आरडीटी टेस्ट भईरहेको हो।

सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै आरडीटी टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। धनगढी भित्र्याईएका नेपालीलाई बिहीबारै सम्बन्धित पालिकासम्म पुगाउने तयारी पनि गरिएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि