गौरीफन्टा नाकाबाट २ हजार भन्दा बढी नागरिकको उद्दार
हेल्थ टिभी अनलाइन\डडेल्धुरा : भारतमाअलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार पनि उद्दार जारी राखिएको छ। गौरीफन्टाबाट बिहीबार २ हजार भन्दा बढी नागरिक भित्रिएका छन्।
कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो।
गौरीफन्टा नाकाबाट सात बजेसम्म दुई हजारलाई भित्र्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। अझै उद्दारको क्रम भने जारी रहेको उनले बताए।
नीहरुको सिमा नाकामा नै आरडीटी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा बिहिबार भने सीमानाकामै आरडीटी टेस्ट भईरहेको हो।
सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै आरडीटी टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। धनगढी भित्र्याईएका नेपालीलाई बिहीबारै सम्बन्धित पालिकासम्म पुगाउने तयारी पनि गरिएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम