बाँकेका दुई संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा कोरोना संक्रमण पुष्टि भएका दुई मध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले आज कोरोना पुष्टि भएका मध्ये एक जना महिला स्वास्थ्यकर्मी भएको बताए ।
उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । आज घरमै आइसोलेसनमा बस्न भनेका छौं, भोलि उहाँलाई खजुरास्थित शुसिल कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा पठाउँछौं ।’
४२ वर्षकी उनी बाँकेको खजुरा गाउँपालिका- ३ की बासिन्दा हुन्। कोरोना रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकी उनमा बिहिबार भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु संक्रमणको उच्च जोखिममा रहेका छन्।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती