टेकु अस्पतालमा उपचाररत ४ जना संक्रमित कोरोना जितेर घर फर्किए
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा आज ४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित डिस्चार्ज भएर घर गएका हुन्।
उनीहरु चारैजनाको पछिल्ला दुईवटा रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा २३ र २५ वर्षका महिला र २७ र ३७ वर्षका पुरुष रहेका छन्।
उनीहरु चारैजना नवौं दिनमा अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । नेपालमा हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४९ रहेको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती