कोरोना आशंकामा एक युवक सेती अस्पतालको आइसोलेसनमा भर्ना
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : कोरोना आशंकामा बुधबार एक युवक सेती अस्पतालमा भर्ना भएका छन्। बैतडीकोे सिगास गाउँपालिका–३ का २१ बर्षीय युवकलाई आईसोलेसनमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
दुई दिनदेखि ज्वरो आएको र घाँटीमा समस्या देखिएपछि आईसोलेसनमा भर्ना गरिएको उनले बताए। सेती प्रादेशिक अस्पतालको अँइसोलेसनबाट अहिलेसम्म पाँच जना संक्रमित सहित ५७ जना डिस्चार्ज भईसकेका छन्।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती