Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना ‘हटस्पट’ बनेको नरैनापुरमा फेरी थपिए ५ जना संक्रमित

कोरोना ‘हटस्पट’ बनेको नरैनापुरमा फेरी थपिए ५ जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको नरैनापुर कोरोनाको लागि हटस्पट नै बनेको छ । बुधबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना नरैनापुरका रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा बाँके नरैनापुरका ५ जना र खजुरा -५ का एक २७ वर्षीय युवक रहेका छन्।  नरैनापुरमा यसअघि नै ८ र ५९ गरी ६७ जनामा कोरोना संक्रमण देखिएको थियो । यसैगरी कोरोना कै कारण नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवककोे आइतबार ज्यान गएको थियो ।

सोही स्थानमा संक्रमित थपिरहँदा सोमबार कोरोना पुष्टि भएकाहरुलाई नै स्थानीय सरकारले आइसोलेसनको व्यवस्था गर्न सकेको छैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि