कोरोना ‘हटस्पट’ बनेको नरैनापुरमा फेरी थपिए ५ जना संक्रमित
हेल्थ टिभी अनलाइन\काठमाडौं : बाँकेको नरैनापुर कोरोनाको लागि हटस्पट नै बनेको छ । बुधबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ जना नरैनापुरका रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा बाँके नरैनापुरका ५ जना र खजुरा -५ का एक २७ वर्षीय युवक रहेका छन्। नरैनापुरमा यसअघि नै ८ र ५९ गरी ६७ जनामा कोरोना संक्रमण देखिएको थियो । यसैगरी कोरोना कै कारण नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवककोे आइतबार ज्यान गएको थियो ।
सोही स्थानमा संक्रमित थपिरहँदा सोमबार कोरोना पुष्टि भएकाहरुलाई नै स्थानीय सरकारले आइसोलेसनको व्यवस्था गर्न सकेको छैन्।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती