क्रिमसन अस्पतालले भन्यो, संक्रमित व्यक्तिको मृत्यु भएको छैन्, हल्लाको पछि नलागौँ
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको भनिएका गुल्मी मदानेका एक युवकको मृत्यु नभएको पुष्टि भएको छ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै ती युवकको मृत्यु नभएको पुष्टि गरेको छ ।
अहिले सञ्चारमाध्यम एवं सामाजिक संजालमा नेपालमा तेस्रो संक्रमित व्यक्तिको मृत्यु भएको भन्दै समाचार सार्वजनिक भइरहेकोप्रति आपत्ति जनाउँदै अस्पतालले ती युवकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र मृत्यु भएको समाचार गलत भएको जनाएको छ । अस्पतालले उनको अवस्था स्थिर रहेको र भेन्टिलेटरको सहयोगमा आइसीयूमा उपचार भइरहेको जनाएको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती